Skip to main content

वाणिज्य बैंकहरुले असार मसान्तसम्ममा स्प्रेडदर ४.४ प्रतिशतमा झार्नै पर्ने, सहज रुपमा पुनरकर्जा उपलब्ध हुने व्यवस्था मिलाइने

वाणिज्य बैंकहरुले आगामी असार मसान्तभित्र अनिवार्य रुपमा स्प्रेड रेट ४.४ प्रतिशतमा झार्नुपर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजानिक गर्दै बैंकहरुले असार मसान्तसम्म निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर अन्तर ४.४ प्रतिशतभित्र ल्याईसक्नुपर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने जनाएको छ।

अहिले कतिपय बैंकहरुले नाफा घट्ने डरले स्प्रेड रेट झनै बढाउदै लगेका छन्। मौद्रिक नीतिमा नै असार मसान्तभित्र ४.४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिए पनि बैंकहरुले भने अटेरी गर्दै आएका थिए।

बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपकर्ताका लागि तोक्ने ब्याजदरलाई थप व्यवस्थित बनाइने केन्द्रिय बैंकले जनाएको छ।

त्यसैगरी, कृषि व्यवसाय, लघु, साना तथा मझौला उद्योग लगायतका क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम हुनेगरी सहज रुपमा पुनरकर्जा सुविधा उपलव्ध हुने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ।

Comments