Skip to main content

Posts

Showing posts from June, 2020

दोस्रो बजारमा बीमा शुल्क लगानी गर्ने बातावरण मिलाउन बीमा समितिका अध्यक्षको आग्रह

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापाँगाईले बीमा शुल्क दोस्रो बजारमा लगानी गर्ने मिल्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवमा उनले धितोपत्र बोर्डलाई उक्त आग्रह गरेका हुन् । बीमा अभिकर्ता मार्फत सबै स्थानीय तहमा बीमाको पहुँच पुगेको बताउँदै उनले त्यसरी जम्मा भएको पूँजी दोस्रो बजारमा लगानी गर्ने वातवरण मिलाउन आग्रह गरेका हुन् । उनले भने,‘केही वर्षदेखि बीमा कम्पनीहरुले अपेक्षित रुपमा विकास गरेका छन् । बैंक नपुगेको ठाँउमा पनि बीमा सेवा पुगेको अवस्था छ । त्यस ठाउँबाट संकलन भएको बीमाशुल्क दोस्रो बजारमा लगानीको लागि वातवरण बनाउनुपर्छ ।’बीमा कम्पनीहरुलाई सर्टट्रमको लागि लगानीको व्यवस्था गर्न उनले बोर्डलाई ध्यानकार्षण गराए । केही समय अघि अर्थ समितिमा बीमामा ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बीमा कम्पनीहरुको प्रिमियमलाई पूँजी बजारमा लगानी गर्नुपर्नेमा जोड दिए थिए । बीमा कम्पनीहरुले संकलन गरेको प्रिमियम पूँजी बजारको विकासमा लगानी गरे पूँजी बजारलाई स्थायित्वतर्फ लैजाने सकिने अर्थमन्त्री खतिवडाकाे दाबी थियो । तरल सम...