अहिले शेयर बजार मात्रै नभइ हरेक क्षेत्रमा मन्दि आइरहेको छ। न्युरोडमा गएर सोध्यो भने कसैले पनि व्यापार राम्रो छ भन्दैन। चार वर्ष अगाडिको भाउमै घरजग्गा पाइन थालेको छ। कुनै कुनै ठाउँमा बढ्नु स्वभाविक हो तर कारोबार छैन। काठमाण्डौं बाहिरका प्रमुख शहरहरुमै जग्गाको भाउ घटेको छ। पोखराकै कतिपय ठाउँमा केहि वर्षअघि एक करोड रुपैयाँ भनिने जग्गा अहिले ८० लाखमै बेच्न तयार भएको देखिन्छ। काठमाडौंकै बुढानिलकण्ठ, चुनदेवी लगायतका आवासीय क्षेत्रमा हिजोका दिनमा भन्दा सस्तोमा घर, बंगला पाउन थालिएको छ। अर्थतन्त्रलाई एउटा मात्रै कारणले प्रभाव पारिरहेको हुँदैन। भारतसँग नेपालको विनिमय दर स्थिर छ। यसले धेरैजसो कुरालाई ड्राइभ गर्छ। भारतको विकासले नचाहेर पनि नेपालको विकासलाई धकेलिरहेको हुन्छ। र भारतको अर्थतन्त्र नराम्रो हुँदै गर्दा प्रत्यक्ष अप्रत्यक्ष असर हाम्रोमा देखापर्छ। अहिलेको अर्थव्यवस्था लामो समयको राजनितिक अस्थिरतापछि कायम भएको व्यवस्था हो। छोटो समयमै धेरै आर्थिक गतिविधि भए। आर्थिक विकासको गतिविधि सँधै एउटै गतिमा जाँदैन। केहि समय एउटा गतिमा जान्छ र रोकिन्छ। अर्थतन्त्रको एउटा मात्रै ...