काठमाडौं। शेयर बजार पछिल्लो साढे दुई वर्षको अवधिमा ७ सयभन्दा बढि अंकले झरिसकेको छ।
झर्दो बजारमा कुन बेला प्रवेश गर्दा राम्रो प्रतिफल आर्जन गर्न सकिएला भनेर अधिकांस लगानीकर्ता कुरेर बसेका छन्। विश्लेषकहरुले प्रवेश गर्ने समय अहिले नै हो भनिरहँदा दोस्रो बजारले भने थामिने नाम लिएको छैन।
शेयर बजार कहिले बढ्छ र कहिले घट्छ भन्ने टुङ्गो हुँदैन। बजार बढेपछि घट्छ र घटेपछि बढ्छ। यहि सिद्धान्तलाई पच्छ्याउदै नेप्से सूचक १८८२ बाट ११०० विन्दुसम्म ओर्लियो। अझै कतिसम्म तल झर्छ भन्ने टुङ्गो छैन।
पैसा होल्ड गर्न सक्ने लगानीकर्ताहरुले अबका दिनमा राम्रो काम्पको शेयर खरिद गरेर राख्ने बेला भएको विश्लेषकहरु बताउन थालेका छन्। अल्पकालिन लगानीकर्ताहरुका लागि अझै पनि जोखिम छ। सूचकको सामान्य घटबढमा कमाउन खोज्ने लगानीकर्ताहरुको लागि अहिलेको समय उचित छैन। पछिल्लो समय दोस्रो बजारको कारोबार रकमले पनि अल्पकालिन लगानीकर्ता बजारमा हाबी छैनन्।
शेयर बजार घटेपनि मलाई केहि फरक नपर्ने भन्ने खालका लगानीकर्ताले राम्रा कम्पनी छानेर शेयर खरिद गर्ने समय अहिले भएको बजार विश्लेषक प्रकाश तिवारी बताउँछन्। राम्रो लाभांस प्रदान गर्दै आएका, दोस्रो बजारमा राम्रो मूल्य लिन सक्ने कम्पनी खरिद गर्दा उपयुक्त हुने उनको तर्क छ।
नियमित लाभांस दिने कम्पनी
सूचिकृत कम्पनीहरुबाट दुई किसिमले लाभ प्राप्त गर्न सकिन्छ। कम्पनीले प्रदान गर्ने लाभांस र बजारमा कारोबार हुँदा हुने पूँजीगत लाभ।
नियमित लाभांस दिने कम्पनीहरुले दोस्रो बजारमा राम्रो भाउ पाउन सक्छन्। यसले दुबैतर्फको लाभ पाउन सकिन्छ। पछिल्लो समय सबैभन्दा धेरै लाभांस प्रदान गरेका तथा भोलिका दिनमा लाभांस प्रदान गर्न सक्ने कम्पनीमा लगानी गरेर राख्दा उचित हुने विश्लेषकहरु बताउँछन्।
सबैभन्दा धेरै लाभांस प्रदान गर्ने बाणिज्य बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंकहरु पर्छन्। यी कम्पनीले २५ प्रतिशतभन्दा माथि लाभांस दिएको पाइन्छ।
प्रतिशेयर आम्दानीको हिसावले हेर्ने हो भने नबिल, कृषि विकास बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, स्ट्यार्डर्ड चार्टर्ड बैंकहरुको ३० रुपैयाँभन्दा माथि छ।
बीमा कम्पनीहरुमध्ये राम्रो लाभांस दिनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेशनल लाइफ पर्दछन्। निर्जीवनतर्फ शिखर इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी, प्रिमियर, हिमालयन जनरल, एनएलजी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीलगायतका छन्।
विकास बैंकतर्फ राम्रो लाभांस प्रदान गर्ने बैंकहरुमा मुक्तिनाथ, शाइन रेशुङ्गा, महालक्ष्मी, लुम्बनी विकास बैंक पर्दछन्। यी विकास बैंकहरुले १५ प्रतिशतभन्दा माथि लाभांस वितरण गर्दै आएका छन्। होटलतर्फ सोल्टी र ओरियण्टलले राम्रो लाभांस वितरण गर्दै आएका छन्। हाइड्रोपावरतर्फ चिलिमे, बुटवल पावर र सानिमा माइ हाइड्रोपावरले राम्रो लाभांस दिँदै आएका पाइन्छ।
प्रतिशेयर आम्दानी राम्रो भएका कम्पनी
कम्पनीहरुले नाफा र जगेडा कोषबाट लाभांस दिन सक्छन्। प्रतिशेयर आम्दानी हेरेर पनि लगानीकर्ताहरुले लगानी योजना बनाउन सक्छन्।
गत आर्थिक वर्षको प्रतिशेयर आम्दानी हेर्ने हो भने उत्पादन तथा प्रशोधन तर्फका कम्पनीको अधिक देखिन्छ। त्यसपछि बाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी राम्रो पाउन सकिन्छ। थोरै पूँजी हुने माइक्रोफाइनान्सको प्रतिशतेयर आम्दानी तुलनात्मक रुपमा राम्रो छ।
उच्चप्रतिशेयर आम्दानी भएका कम्पनीहरु
| |||
बाणिज्य बैंक
|
बीमा कम्पनी
| ||
नविल
|
47.65
|
प्राइम लाइफ
|
17.54
|
कृषि विकास
|
44.67
|
सूर्या लाइफ
|
16.46
|
एभरेष्ट बैंक
|
37.88
|
नेपाल लाइफ
|
11.18
|
एनआईसी एशिया
|
34.56
|
लाइफ इन्स्योरेन्स
|
10.81
|
हिमालयन
|
33.41
|
नेशनल लाइफ
|
9.52
|
स्ट्याण्डर्ड चार्टर्ड
|
31.15
|
राष्ट्रिय बीमा
|
293.02
|
सानिमा
|
28.04
|
शिखर
|
44.73
|
एबिआई
|
27.26
|
युनाइटेड
|
30.46
|
ग्लोलब आइएमइ
|
27.11
|
लुम्बिनी
|
29.52
|
नेपाल बैंक
|
26.62
|
नेको
|
29.22
|
युनिलिभर
|
1158.00
|
नेशनल माइक्रोफाइनान्स
|
87.00
|
फर्वार्ड माइक्रोफाइनान्स
|
82.00
|
ओरियण्टल
|
27.00
|
बुटवल पावर
|
31.00
|
चिलिमे
|
15.00
|
नेपाल टेलिकम
|
68.00
|
बोटलर्स नेपाल
|
322.00
|
हिमालयन डिट्रिलरी
|
133.00
|
बोटलर्स तराइ
|
286.00
|
शेयर पूँजी संचरना तथा लगानीकर्ता
दोस्रो बजारको मूल्यमा कम्पनीको शेयर पूँजीको संरचनाले प्रभावित पार्ने गरेको पाइन्छ। सर्वसाधारण तर्फको शेयर कम हुने कम्पनीको शेयर मूल्य दोस्रो बजारमा धेरै हुने गरेको छ। नबिल बैंकको संस्थापक शेयर ६० प्रतिशत छ भने सर्वसाधारणतर्फ ४० प्रतिशत छ। सर्वसाधारण तर्फको शेयरमा पनि संस्थापकहरुकै होल्डिङ धेरै छ। यसले गर्दा दोस्रो बजारमा आपूर्ति कम हुन्छ।
दोस्रो बजारको मूल्यमा कम्पनीको शेयर पूँजीको संरचनाले प्रभावित पार्ने गरेको पाइन्छ। सर्वसाधारण तर्फको शेयर कम हुने कम्पनीको शेयर मूल्य दोस्रो बजारमा धेरै हुने गरेको छ। नबिल बैंकको संस्थापक शेयर ६० प्रतिशत छ भने सर्वसाधारणतर्फ ४० प्रतिशत छ। सर्वसाधारण तर्फको शेयरमा पनि संस्थापकहरुकै होल्डिङ धेरै छ। यसले गर्दा दोस्रो बजारमा आपूर्ति कम हुन्छ।
पछिल्लो समय जलविद्युत कम्पनीको शेयर मूल्य धेरै कम छ। यसमा सर्वसाधारण र संस्थापक शेयरको मूल्य समान हुन्छ। बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थाहरुको शेयर संरचना सर्वसाधारण र संस्थापक हुनै पर्छ। साथै संस्थापक शेयरको कारोबारको प्रकृया कठिन छ। जसले दोस्रो बजारमा आपूर्ति नियन्त्रण गर्छ।
दोस्रो बजारमा स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, एनएमबी बैंक, हिमालयन बैंकको शेयर मूल्य धेरै हुनुको एउटा कारण यो पनि हो। संस्थापक शेयर स्वामित्व धेरै भएका कम्पनीको शेयरधनीहरु पनि बलियो हुने गरेका छन्। उनीहरुले पूँजीगत लाभभन्दा पनि कम्पनीले वार्षिक रुपमा प्रदान गर्ने लाभांसलाई महत्व प्रदान गर्ने गरेका छन्।
युनिलिभर, शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, बोटलर्स नेपाल र तराइ, होटलका शेयरधनी तुलानात्मक रुपमा बलिया छन्। यस्ता विषयलाई हेरेर दीर्घकालिन लगानी गर्नेले राम्रो प्रतिफल प्राप्त गर्न सक्छन्।
Comments
Post a Comment