बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापाँगाईले बीमा शुल्क दोस्रो बजारमा लगानी गर्ने मिल्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवमा उनले धितोपत्र बोर्डलाई उक्त आग्रह गरेका हुन् ।
बीमा अभिकर्ता मार्फत सबै स्थानीय तहमा बीमाको पहुँच पुगेको बताउँदै उनले त्यसरी जम्मा भएको पूँजी दोस्रो बजारमा लगानी गर्ने वातवरण मिलाउन आग्रह गरेका हुन् ।
उनले भने,‘केही वर्षदेखि बीमा कम्पनीहरुले अपेक्षित रुपमा विकास गरेका छन् । बैंक नपुगेको ठाँउमा पनि बीमा सेवा पुगेको अवस्था छ । त्यस ठाउँबाट संकलन भएको बीमाशुल्क दोस्रो बजारमा लगानीको लागि वातवरण बनाउनुपर्छ ।’बीमा कम्पनीहरुलाई सर्टट्रमको लागि लगानीको व्यवस्था गर्न उनले बोर्डलाई ध्यानकार्षण गराए ।
केही समय अघि अर्थ समितिमा बीमामा ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बीमा कम्पनीहरुको प्रिमियमलाई पूँजी बजारमा लगानी गर्नुपर्नेमा जोड दिए थिए । बीमा कम्पनीहरुले संकलन गरेको प्रिमियम पूँजी बजारको विकासमा लगानी गरे पूँजी बजारलाई स्थायित्वतर्फ लैजाने सकिने अर्थमन्त्री खतिवडाकाे दाबी थियो ।
तरल सम्पत्तीको रुपमा लगानी गर्नुपर्ने भएकोले सर्टट्रमको लागि फाइदा हुने क्षेत्रमा लगानी गर्ने समितिका अध्यक्ष चापाँगाइको भनाई छ ।
यस्तै उनले बीमा कम्पनीहरु कमोडिटी मार्केटमा पनि लगानी गर्नको लागि तयार रहेको बताए ।
Comments
Post a Comment